ट्रेन्डिङ

Logout

नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम

5.3k Shares

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै कायम राख्ने निर्णय गरेको छ। हिजो सम्पन्न आयोगको बैठकले पार्टीका तर्फबाट पदाधिकारी हेरफेर भएको भनी प्राप्त विवरण प्रक्रियासम्मत नभएको निष्कर्ष निकाल्दै पुरानै अभिलेखलाई निरन्तरता दिने निर्णय गरेको हो।

निर्वाचन आयोग स्रोतका अनुसार, ‘नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हेरफेर भएको भनी अभिलेख अद्यावधिक गर्न पत्र आएको थियो। तर, उक्त प्रक्रिया विधिसम्मत नभएकाले पुरानै अवस्थालाई निरन्तरता दिने निर्णय भएको छ।’

नाउपाकी अध्यक्ष श्रेष्ठ पटक–पटक विवादमा आएपछि साउन १४ र १५ गते काठमाडौंमा भएको राष्ट्रिय भेलाले उनलाई बर्खास्त गरी लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो। उक्त भेलाको निर्णयअनुसार नाउपाले अध्यक्ष परिवर्तनको जानकारीसहित अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोगलाई पत्र पठाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार