4.3k
Shares
प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज बिहान १० बजे हुने भनिएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनमाथिको छलफल स्थगित भएको छ। समिति सचिव शिवदत्त बरालका अनुसार विधेयकको प्रतिवेदनमाथि छलफल चलिरहेको कारण बैठक स्थगित गरिएको हो। यसअघि मंगलबारको बैठक पनि स्थगित भएको थियो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संयुक्त रूपमा तयार पारेको उक्त विधेयकको मस्यौदा समिति सदस्यहरूलाई पहिल्यै वितरण गरिसकिएको छ। यद्यपि, केही सांसदहरूले मन्त्रालयले तयार पारेको मस्यौदाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। यही असन्तुष्टिका बीच लगातार बैठकहरू स्थगित हुँदै आएका छन्।