ट्रेन्डिङ

Logout

दिल्लीमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित दर्जनौं पक्राउ

5.8k Shares

भारतको नयाँदिल्लीमा सोमबार निर्वाचनमा भएको भनिएको अनियमितताविरुद्ध विपक्षी सांसदहरूले प्रदर्शन गरेका छन्। निर्वाचन आयोगको कार्यालय अघि प्रदर्शन गर्न पुगेका सांसदहरूलाई प्रहरीले धरपकड गरेको हो। पक्राउ परेकामध्ये कंग्रेस नेता राहुल गान्धी, कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, जयराम रमेश लगायतका नेता रहेका छन्।

विपक्षी दलहरूले ‘मत चोरी’ भएको आरोप लगाउँदै, निर्वाचन आयोगले बीजेपीसँग मिलेर परिणाम तोडमोड गरी सत्तामा पुर्‍याउने प्रयास गरेको दाबी गरेका छन्। समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहित केही सांसदहरूले बेरिकेड तोडेर अघि बढ्ने प्रयास गरेका थिए।

प्रदर्शनका क्रममा अव्यवस्था, नाराबाजी र धरपकड भएको थियो। तृणमूल कांग्रेसका सांसद महुआ मोइत्रा र मिताली बाउघ बेहोस भएपछि तत्काल उपचारका लागि लगिएको थियो।

पक्राउ परेपछि राहुल गान्धीले पत्रकारहरूसँग भने, “यो लडाइँ राजनीतिक होइन, संविधान बचाउने लडाइँ हो। सत्य पुरै देशको अगाडि छ।” कंग्रेस अध्यक्ष खड्गेले यो संघर्ष जनताको मतदान अधिकार जोगाउनका लागि भएको र ‘बीजेपीको तानाशाही अब नचल्ने’ चेतावनी दिए।

जुलुसमा डिएमके, शिवसेना (उद्धव ठाकरे समूह), तृणमूल कांग्रेस, समाजवादी पार्टी, आरजेडी, वाम दल लगायतका शीर्ष नेताहरूको सहभागिता थियो।Rahul-gandhi-indian-congress.jpgRahul-gandhi-indian-congress3.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार