ट्रेन्डिङ

Logout

कर्णाली प्रदेश मन्त्रिपरिषद्को निर्णय: अधिवेशन अन्त्य सिफारिस, सचिव सरुवा र सूचनाको हक अनुगमन समिति गठन

4.1k Shares

कर्णाली प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सरुवा गरी सामाजिक विकास मन्त्रालयको सचिवका रूपमा खटाउने निर्णय पनि गरेको छ। ढकाल यसअघि मुख्यमन्त्री कार्यालयमै कार्यरत थिए।

त्यस्तै, सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेशअनुसार जाजरकोटको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र गाउँपालिका–४, लुहादहमा तोक्नका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि गरिएको छ।

प्रदेश सरकारले पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२’ स्वीकृत गरेको छ।

यसैबीच, सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका लागि शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा "कर्णाली प्रदेश सूचनाको हक अनुगमन समिति" गठन गरिएको छ। उक्त समितिले प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा सूचनाको हकको कार्यान्वयन अवस्था अनुगमन गर्ने जिम्मेवारी पाउनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार