4.2k
Shares
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सम्पन्न भएको छ। बैठक केही समयअघि मात्र सकिएको हो।
छलफलमा संसद्मा विचाराधीन विधेयक र कानुन संशोधनका विषयमा केन्द्रीत चर्चा भएको बताइएको छ। बैठकमा महान्यायाधिवक्ता रमेश बडाललाई पनि आमन्त्रण गरिएको थियो।
बैठक स्रोतका अनुसार, आजको छलफल मुख्यतः कानुन संशोधनका विषयमा केन्द्रित रह्यो भने मन्त्रिपरिषद् हेरफेरसम्बन्धी कुनै चर्चा नभएको स्पष्ट गरिएको छ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र महान्यायाधिवक्ता रमेश बडालको सहभागिता रहेको थियो।