ट्रेन्डिङ

Logout

सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सिन्धुली सडक पुनःस्थापनाका लागि जापानी अनुदान स्वीकृत

4.4k Shares

सरकारले साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गर्नुभएको हो।

बैठकले सिन्धुलीको बाढीबाट क्षतिग्रस्त सडक आपतकालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

त्यस्तै, राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति र सार्वजनिक संस्थामा पदाधिकारी तथा कर्मचारीका पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्न सुझाव पेश गर्न कार्यदल गठन गरिएको छ। उक्त कार्यदलको संयोजकता पर्वतका रामु प्रसाद डोटेलले गर्ने छन् भने सदस्यमा दोलखाका रमेश प्रसाद शिवाकोटी र ललितपुरका चण्डी प्रसाद घिमिरे रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार