ट्रेन्डिङ

Logout

मुख्यमन्त्री लामाद्वारा तीन मन्त्री नियुक्त, कांग्रेसका बाँकी मन्त्रालय अझै खाली

3.9k Shares

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना नयाँ मन्त्री नियुक्त गरेका छन्। लामा नेतृत्वको सरकारमा गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाइएको हो।

गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। माया श्रेष्ठ र गीता गुरुङको मन्त्रालय भने अहिलेसम्म टुंगो लाग्न बाँकी छ।

नेपाली कांग्रेसको भागमा परेका पाँच मन्त्रालयमध्ये अहिलेसम्म धेरैजसो पद रिक्त छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाहेक युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ, र सहकारी तथा गरिबी निवारण मन्त्रालयहरू अझै नेतृत्वविहीन अवस्थामा छन्।

यसअघि ९ साउनमा चार र १३ साउनमा एक जना गरी पाँच मन्त्रीहरूले पदत्याग गरेका थिए। ती सबैले मुख्यमन्त्री लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए। त्यसपछि लामाको पक्ष कमजोर बनेको थियो, तर उनले सरकार चलाउने प्रयास जारी राख्दै नयाँ नियुक्ति गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार