ट्रेन्डिङ

Logout

बागमतीमा एमालेले पनि बाेलायाे संसदीय दलकाे बैठक

5.4k Shares

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक आज (बुधबार) बस्दैछ ।

बैठक बिहान ११ बजे हेटौंडास्थित संसदीय दलको कार्यालयमा बस्ने एमाले बागमती संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रदेशको पछिल्लो समसामयिक राजनीतिक अवस्था, भावी रणनीति, सरकार सञ्चालनको अवस्था, आगामी रणनीतिबारे विस्तृत छलफल हुनेछ ।


यसैगरी, बैठकमा प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको सम्भावित पुनर्संरचना लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार