ट्रेन्डिङ

Logout

बागमतीका मुख्यमन्त्री लामाद्वारा तीन मन्त्री नियुक्तिको तयारी, संसदीय दलको नेतृत्वमा आज मतदान

4.9k Shares

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। मंगलबार नेपाली कांग्रेस संसदीय दलको नेताबाट विश्वासको मत गुमाएका लामाले मन्त्री नियुक्तिको प्रक्रिया अगाडि बढाएको उनको निकट स्रोतले बताएको छ। “हामी तीन जनालाई मन्त्री बनाउँदैछौँ। प्रदेश प्रमुखको कार्यालयमा नाम पठाउने तयारी छ र बिहान १० बजेपछि सपथ गराउने योजना छ,” लामानिकट एक सांसदले अनलाइनखबरलाई बताए।

मंगलबार भएको संसदीय दलको अविश्वास प्रस्तावमा लामाले १५ मत मात्र पाएका थिए भने उनको विपक्षमा २२ मत परेको थियो। बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन्।

संसदीय दलको नेता रिक्त भएपछि आज नयाँ नेताको चयनका लागि मतदान हुँदैछ। प्रदेश सभा सचिवालयमा रहेको दलको कार्यालयमा दिउँसो २ देखि ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। इन्द्रबहादुर बानियाँ दलको नेतामा उम्मेदवार बन्ने पक्का भएको छ भने लामा पक्षबाट पनि उम्मेदवारी दिने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार