ट्रेन्डिङ

Logout

बागमतीमा कांग्रेसभित्र गम्भीर विभाजन : बहादुरसिंह लामाले गुमाए संसदीय दल नेताको पद

4.9k Shares

बागमती प्रदेशमा नेपाली कांग्रेसका संसदीय दल नेता बहादुरसिंह लामाले विश्वासको मत गुमाएका छन्। उनलाई हटाउन दर्ता गरिएको अविश्वासको प्रस्तावमा २२ जना सांसदले समर्थन जनाएका छन् भने उनको पक्षमा मात्र १५ सांसद उभिएका छन्। कुल ३७ जना कांग्रेस सांसदमध्ये बहुमतले असन्तुष्टि जनाएपछि लामा संसदीय दलको नेताबाट हटेका हुन्।

अविश्वासको प्रस्तावमा मंगलबार एक सांसद थपिँदै संख्यामा बलियो पक्ष बनेको हो। मन्त्री पदबाट राजीनामा दिएका श्याम खड्का लामाको विपक्षमा उभिएका छन्। लामाले विश्वासको मत गुमाउनुमा केन्द्रको राजनीतिक खिचातानीले पनि भूमिका खेलेको देखिन्छ।

महामन्त्री गगन थापाको पक्षधर नेताहरू—पुकार महर्जन, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, याङकिला शेर्पा, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, र श्रीराम लामिछाने—लामाको विपक्षमा देखिएका छन्।

अर्कोतर्फ, डा. शेखर कोइराला पक्षधर रमेश महत र उत्तम जोशी भने लामाको पक्षमा उभिएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निकटका सांसदहरू र नेता प्रकाशमान सिंह पक्षधरहरू पनि दुई धारमा विभाजित भएका छन्। सिंहनिकट कञ्चन वादे र दिपेन्द्र श्रेष्ठले लामाविरुद्ध मत दिए भने हरिप्रभा खड्गी भने उनको पक्षमा रहिन्।

प्रवक्ता डा. प्रकाशशरण महत निकट मानिएका श्याम खड्का पनि लामाविरुद्धको प्रस्तावमा सहभागी भए।

लामाको पक्षमा उभिएका सांसदहरू (१५ जना):

  1. बहादुरसिंह लामा

  2. कुन्दनराज काफ्ले

  3. उत्तम जोशी

  4. लक्ष्मी श्रेष्ठ

  5. रमेशकुमार महत

  6. हरिप्रभा खड्गी

  7. रामकुमार पहाडी

  8. क्षत्रबहादुर बम्जन

  9. गिता गुरूङ

  10. मसिना खड्का

  11. तिर्थ लामा

  12. रामकृष्ण चित्रकार

  13. माया श्रेष्ठ

  14. गोविन्द लम्साल

  15. समिता खड्गी

विपक्षमा उभिएका सांसदहरू (२२ जना):

  1. इन्द्रबहादुर बानियाँ

  2. शिवराज अधिकारी

  3. कञ्चनचन्द्र वादे

  4. दिपेन्द्र श्रेष्ठ

  5. पुकार महर्जन

  6. बिनु रायमाझी पौडेल

  7. यमुना देवी श्रेष्ठ

  8. उर्मिला नेपाल केसी

  9. शान्ता ढकाल

  10. प्रभात तामाङ

  11. छिरीङ दोर्जे लामा

  12. मीना पराजुली

  13. याङ्किला शेर्पा

  14. मीन कृष्ण महर्जन

  15. बिमल ठकुरी

  16. मदुकुमार श्रेष्ठ

  17. सुरजचन्द्र लामिछाने

  18. सुरेश श्रेष्ठ

  19. श्रीराम लामिछाने

  20. सुना परियार

  21. श्यामबहादुर खड्का

  22. कृष्णबहादुर तामाङ

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार