ट्रेन्डिङ

Logout

बागमती प्रदेश सरकारमा संकट: मन्त्री खड्कासहित २२ सांसदद्वारा मुख्यमन्त्री लामाविरुद्ध अविश्वास

5.3k Shares

बागमती प्रदेश सरकार नेतृत्व गरिरहेका नेपाली कांग्रेसका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध संकट थपिएको छ। खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले सोमबार साँझ पार्टीको संसदीय दल कार्यालयमा पुगेर मुख्यमन्त्री लामालाई राजीनामा बुझाएका छन्

खड्काको राजीनामासँगै लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूको संख्या २२ पुगेको छ।

यसअघि साउन ९ गते प्रदेश सरकारका चार मन्त्री—युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ—ले पनि सामूहिक रूपमा राजीनामा दिएका थिए। राजीनामापछि उनीहरूलाई त्यसै दिन साँझ मुख्यमन्त्री लामाले पदमुक्त गर्दै पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए

अब मुख्यमन्त्री लामा आफ्नै पार्टीका २१ जना सांसदको अविश्वास प्रस्तावको सामना गर्दै छन्। यस संकट समाधानका लागि कांग्रेस केन्द्रले राजन केसीलाई मध्यस्थता गर्न खटाएको छ, जसले सोमबारदेखि लामा र सांसद इन्द्रबहादुर बानियाँसँग छुट्टाछुट्टै भेटवार्ता गरिरहेका छन्।

यसैबीच, कांग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे बोलाइए पनि साँझ ४ बजेसम्म सुरु हुन सकेको थिएन, जसले दलभित्रको गहिरो मतभेद र अन्यौलता झनै देखाएको छ।Shyam-Khadka-Rajinama.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार