ट्रेन्डिङ

Logout

पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल–भारत गृहकार्यमा : ऊर्जा मन्त्री खड्का

4.8k Shares

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले वर्षौंदेखि अलपत्र परेको बहुप्रतिक्षित पञ्चेश्वर परियोजनालाई दुई देशको हितमा अघि बढाउने गृहकार्य भइरहेको जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणलाई लक्षित गर्दै पञ्चेश्वर परियोजनासम्बन्धी महत्त्वपूर्ण सम्झौता गर्न मन्त्रालयले तयारी गरिरहेको उनले बताए।

प्रेस युनियन कैलालीद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले, पञ्चेश्वर परियोजना अघि नबढ्दा नेपालले अहिलेसम्म एक खर्ब रुपैयाँ घाटा व्यहोरेको पनि उल्लेख गरे।

उनका अनुसार, नेपाल–भारतबीच २० वर्षअघि नै परियोजनासम्बन्धी सम्झौता भए पनि कार्यान्वयनमा ढिलाइ भएको हो। अब प्रधानमन्त्रीको भ्रमणका क्रममा नमिलेका विषयलाई टुंगोमा पुर्‍याउन गृहकार्य तीव्र पारिएको छ।

खड्काले नेपालको ऊर्जा क्षेत्रमा ठूलो सम्भावना भए पनि स्रोत–साधनको अभाव, आर्थिक कठिनाइ र कानुनी अड्चनले गर्दा पश्चिम सेतीजस्ता महत्त्वपूर्ण परियोजना अघि बढ्न नसकेको गुनासो पनि राखे।

प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ गते हुने तयारी भइरहेको छ, जहाँ पञ्चेश्वर परियोजनालाई प्राथमिकताका साथ उठाउने सरकारको योजना रहेको मन्त्री खड्काले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार