ट्रेन्डिङ

Logout

कांग्रेस पदाधिकारी बैठकमा रुपन्देही-३ निर्वाचन क्षेत्रबारे सामान्य छलफल

4.4k Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को विषयमा सामान्य छलफल भएको छ। कांग्रेस नेता अर्जुन नरसिंह केसीका अनुसार, प्राप्त विभिन्न सूचनाहरूको सन्दर्भमा शुक्रबारको बैठकमा सैद्धान्तिक र वस्तुगत छलफल मात्र गरिएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “पार्टीको रूपबाट एकीकृत ढंगले जानुपर्छ भन्ने सैद्धान्तिक छलफल भयो, तर व्यक्ति विशेषको नाममा कुनै चर्चा भएको छैन।”

उनका अनुसार, उम्मेदवार चयनभन्दा पहिले क्षेत्रको वस्तुगत अवस्था, संगठनको एकता र आगामी रणनीतिमा केन्द्रित भएर समिक्षा तथा विश्लेषण गरिएको छ। जिल्ला र प्रदेश सभापतिहरूले क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेता बालकृष्ण खाँणले पनि वस्तुस्थिति साझा गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार