5.3k
Shares
संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता गरेपछि सभामुख देवराज घिमिरेले त्यसप्रति चासो व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले बिहीबार संविधानको मर्म विपरीत परिषदको बैठक बस्ने र निर्णय गर्ने प्रावधान रहेको भन्दै विधेयक फिर्ता गरेका थिए। त्यसलगत्तै शुक्रबार बिहान सभामुख घिमिरे शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्दै आफ्नो चासो प्रकट गरेको स्रोतले जानकारी दिएको छ।
भेटका क्रममा सभामुख घिमिरेले जुलाई २९ देखि ३१ सम्म जेनेभामा हुने संसदका सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिताबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। सभामुख घिमिरे सो सम्मेलनमा सहभागी हुन २७ जुलाईमा जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।