ट्रेन्डिङ

Logout

एमाले अध्यक्ष ओलीको आह्वान: आन्तरिक एकता बलियो बनाएर राष्ट्रिय शक्तिका रूपमा प्रस्तुत हुनुपर्छ

4.8k Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाएर राष्ट्रिय निर्णायक शक्तिका रूपमा प्रस्तुत हुन केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभएको छ। आजदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको नवौँ बैठकमा अध्यक्षता गर्दै ओलीले वैचारिक र नीतिगत रूपमा पार्टी एकढिक्का रहेको उल्लेख गर्दै सिंगो पार्टी पङ्क्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष ओलीले पछिल्लो समय पार्टी सदस्यता १ लाख ३९ हजार (२८ प्रतिशत) ले वृद्धि भएको र संगठनात्मक रूपमा एमाले थप मजबुत बनेको बताउनुभयो। उहाँले विरोधी र विभिन्न तत्वहरूले झुट र अफवाह फैलाएर एमालेलाई कमजोर बनाउने प्रयास गरेको भन्दै एकताबद्ध भएर त्यस्ता चुनौतीको सामना गर्न आह्वान गर्नुभयो।

“वैचारिक र नीतिगत रूपमा हाम्रो पार्टी एकताबद्ध छ, कुनै मतभेद छैन। तर, हामीलाई विभाजन गराउने प्रयास हुन सक्छ, त्यसप्रति सचेत रहनुपर्छ,” ओलीले भन्नुभयो, “विरोधीहरूले विचार र काममा हामीसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। उनीहरू झुट र गोयबल्स शैलीको प्रचारमा उत्रिन्छन्। हामीले यस्ता चुनौतीको सामना पहिल्यैदेखि गर्दै आएका छौँ र फेरि पनि गर्छौँ।”

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने विषय र आइतबार भएको अध्यक्ष ओलीसँगको संवादलाई लिएर प्रस्तावमाथि छलफल हुने अपेक्षा छ।

बैठकमा उपाध EASYक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। साथै, आगामी विधान महाधिवेशनको व्यवस्थापकीय तयारीबारे पनि छलफल हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार