5.1k
Shares
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन महत्वपूर्ण विधेयक प्रमाणीकरण गर्नुभएको छ। दुवै सदनबाट पारित भएर आएका ती विधेयकहरूलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो।
प्रमाणीकरण गरिएका विधेयकहरूमा आर्थिक वर्ष २०८२/८३ को सेवा तथा कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने व्यवस्था सम्बन्धी विधेयक, नेपाल सरकारको आर्थिक प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारसम्बन्धी विधेयक रहेका छन्।