काठमाडौं महानगरपालिकामा करिब छ महिनापछि कार्यपालिका बैठक बस्न लागेको छ। मेयर बालेन्द्र शाहले पुस महिनादेखि स्थगित रहेको बैठक भोलि (बिहीबार) दिउँसो २ बजेका लागि बोलाएका हुन्। तर, बैठकको तयारीकै क्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छुट्टीमा बस्न लगाइएको छ। एक स्रोतका अनुसार, मेयरले कार्यकारी अधिकृतसँग बैठक नबस्ने निर्णय गरेपछि बजेट प्रक्रिया अघि बढाउन उनलाई छुट्टीमा राखिएको हो, र गुरागाईंले छुट्टी बस्न सहमति जनाएका छन्। ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ अनुसार, कार्यपालिका बैठक हरेक महिना अनिवार्य रूपमा बस्नुपर्ने व्यवस्था छ, जसको अध्यक्षता र बैठक बोलाउने जिम्मेवारी मेयरको हुन्छ। तर, काठमाडौं टावरको नक्सा पाससम्बन्धी विवाद शुरू भएपछि मेयरले पुस महिनादेखि बैठक नडाकेका थिए। यसपटकको बैठक प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिमा बस्न लागेको हो, जसले महानगरको आन्तरिक समन्वयमा रहेको द्वन्द्वलाई झनै स्पष्ट बनाएको छ।
छ महिनापछि कार्यपालिका बैठक बस्दै
5.4k
Shares
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
आईजीपी प्रकरण: सरकारमाथि कांग्रेसको धावा, बालुवाटारमा रमिता !
२.
सरकारको निर्णयविरुद्ध फायर खोल्दै कार्की, कानुनी घेराबन्दीमा बालेन सरकार
३.
एकैपटक ७९ इन्जिनियरको सरुवा, कुन आयोजना कसको जिम्मामा?
४.
पार्टीको आदेशमा आईजीपी हटाएको मन्त्रीको दाबी, रास्वपा भन्छ– झुट !
५.
एनआइसी एसियाले निकाल्दै साढे ७ अर्बको हकप्रद सेयर
६.



