6.1k
Shares
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले महामन्त्री गगन थापाविरुद्ध कडा चेतावनी दिएका छन्। बस्नेतले थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्मा अनावश्यक बोलेको र अख्तियारको कारबाहीमा समेत उनको भूमिका रहेको आरोप लगाए।
“महामन्त्री गगन जी, तपाईं सबै नेतालाई समाउन लगाउनुहोस्,” बस्नेतले पार्टी बैठकमा भने। उनले भ्रष्टाचारको मुद्दालाई लिएर एकले अर्कोलाई सिध्याउने नेपालमा पाकिस्तानको जस्तो अवस्था आएको बताए। “समय लाग्ला, तर कोही पनि सग्लो रहने छैन,” उनले थपे।
बस्नेतले टेरामक्स प्रकरणमा आफूले कुनै गल्ती नगरेको दाबी समेत गरे।