ट्रेन्डिङ

Logout

नेविसंघको अधिवेशन माग्दै कांग्रेस कार्यालयमा प्रदर्शन

5.4k Shares

काठमाडौं, असार १६ — नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अधिवेशन गर्नुपर्ने माग गर्दै सोमबार विद्यार्थीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि प्रदर्शन गर्दै विद्यार्थी नेताहरूले “म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले?”, “म ९ वर्षदेखि अधिवेशन नगराइएका लोकतान्त्रिक पार्टीको नेविसंघ” लगायतका प्लेकार्ड बोकेका थिए। उनीहरूले कालो कपडा लगाएर शरीर र मुख छोप्दै शान्तिपूर्ण विरोध जनाएका थिए।

प्रदर्शनकारीहरूले नेविसंघको वर्तमान नेतृत्वले मातृ पार्टीले दिएको जिम्मेवारी पुरा गर्न नसकेको भन्दै पदमुक्त गर्न माग गरे। उनीहरूको माग छ — विधानअनुसार नयाँ कार्यसमिति गठन गरिनुपर्छ र नेविसंघको नियमित अधिवेशन अविलम्ब गर्नुपर्छ।

नेतृत्वमा म्याद थप्ने परिपाटीको आलोचना गर्दै उनीहरूले “अधिवेशन हुने आधार छैन भने म्याद थप किन?” भन्दै प्रश्न उठाएका छन्। साथै, पार्टी सभापति र अन्य पदाधिकारीहरूलाई खोक्रा भाषण गरेर विद्यार्थीहरूलाई भ्रममा नराख्न आग्रह गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार