ट्रेन्डिङ

Logout

सहकारी ठगी प्रकरण र सरकारको निष्क्रियतामाथि प्रश्न

5k Shares

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका पूर्व अध्यक्ष सुवोधराज सेर्पालीले दुई तिहाई नजिकको वर्तमान सरकार पूर्ण रूपमा निष्क्रिय रहेको टिप्पणी गरेका छन्। सहकारी ठगी प्रकरणमा सरकारले जनताको चित्कार नसुनेको भन्दै उनले यो आलोचना गरेका हुन्।

सहकारी ठगीका मुख्य अभियुक्त भनिएका गितेन्द्र बाबु (जिबी) राईलाई सरकारले लुकाएको हुन सक्ने उनको आशंका छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सम्बोधन गर्दै उनले प्रश्न गरे, "जिबी राई कहाँ छन्? सहकारी बचतकर्ताको रकम कहिले फिर्ता हुन्छ? पीडितलाई न्याय कसले दिने?" उनले नागरिकले गाँस काटेर सहकारीमा राखेको बचत तुरुन्त फिर्ता गर्नुपर्ने माग गरे। "लौन गगन दाइ, संसदमा घोक्रो सुकाएर आजै भोलि नै जिबी राई निकाल्छौं भन्ने तपाईं सहकारी काण्डको जानकारमध्ये एक हो। अरु थाहा छैन, जिबी राई चाहियो। जनताको रकम तुरुन्त फिर्ता हुनुपर्छ। दुई ठूला दल मिलेर बनेको सरकार पूर्ण रूपमा निदाएको छ, यो ब्यूँझने संकेत पनि छैन," उनले भने।

साथै, उनले न्यायालय सरकारको प्रभावमा परेको आशंका व्यक्त गरे। "न्यायमूर्तिका गतिविधिले तराजुको प्रतीक लज्जित भएको छ। पहुँचवालाको इशारामा फैसला भइरहेको आभास छ। एक अर्थमा न्याय मरेको जस्तै छ," उनको आरोप छ।

नेता सेर्पालीले शीर्ष राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवाद, अन्योल र अस्थिर मानसिकता तोडेर युवा पुस्ताको आशा पूरा गर्न इमानदारीपूर्वक राष्ट्रहितमा काम गर्न आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार