ट्रेन्डिङ

Logout

इरानको मिसाइल आक्रमणपछि कतारमा जनजीवन सामान्य

5.6k Shares

इरानले कतारको दोहास्थित अमेरिकी अल उदेद एयर बेसमा मिसाइल आक्रमण गरेपछि प्रभावित भएको कतारको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले बुधबार साँझको आक्रमणपछि स्थिति नियन्त्रणमा आएको र जनजीवन सामान्य भएको बताए। दोहा न्यूजका अनुसार, कतारले नागरिकलाई त्रसित नहुन आग्रह गर्दै कुनै गम्भीर खतरा नरहेको जनाएको छ। आक्रमणपछि अस्थायी रूपमा बन्द गरिएको हवाईमार्ग पनि पुनः सञ्चालनमा आएको छ।

इरानले अमेरिकाको परमाणु साइटमा भएको हमलाको प्रतिक्रियास्वरूप कम्तीमा छ वटा मिसाइल प्रहार गरेको थियो। कतारी अधिकारीहरूका अनुसार, तीमध्ये एक मिसाइल मात्र बेसभित्र खसेको थियो भने बाँकी सबै कतारको वायु प्रतिरक्षा प्रणालीले रोकेको दाबी गरिएको छ। इरान–इजरायल तनावलाई ध्यानमा राख्दै कतारले सुरक्षा सतर्कता भने कडा पारेको छ।

इरानको आक्रमणले इरान–इजरायल द्वन्द्वले नयाँ रूप लिएको छ। यद्यपि, बिहीबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराममा सहमत भएको दाबी गरेका छन्। उनको यो घोषणाले मध्यपूर्वमा बढ्दो सैन्य तनाव तत्कालका लागि मत्थर हुने संकेत गरेको छ। तर, ट्रम्पको दाबीमा हालसम्म इरान वा इजरायलबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। यो घटनाक्रमले क्षेत्रीय शान्ति र स्थिरताको सम्भावनालाई नजिकबाट हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार