Logout

वाईसीएलको अध्यक्षमा पुष्प ओली चयन

वाईसीएलको अध्यक्षमा पुष्प ओली चयन

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा भएको तेस्रो सम्मेलनले ओलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।वाईसिएलको अध्यक्षमा केयरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, कर्म पुलामी र नवराज ऐरलगायत आकांक्षी रहेका थिए ।

२०४३ साल पुस ७ गते दाङमा जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी) मा लागेका थिए ।

यस्तै महासचिव गणेश शाही चयन भएका छन् । अन्य पदमा घोषणा हुन बाँकी रहेको बताइएको छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ