Logout

प्रतिनिधि सभाको बैठक बस्दै, विपक्षी दलहरुको अडान कायमै

प्रतिनिधि सभाको बैठक बस्दै, विपक्षी दलहरुको अडान कायमै

काठमाडौँ । आजको प्रतिनिधि सभाको बैठक बस्दै छ ।

अपराहन्न १ बजेदेखि बस्ने बैठकमा जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमाथि छलफल प्रारम्भ हुने तालिका रहेको छ ।

यस अघि मंगलबार बस्ने भनिएको बैठक विपक्षी दलहरुको अवरोधको अडानका कारण बस्न सकेको थिएन् । 

सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफल तथा अर्थमन्त्री पौडेलले जवाफ दिनका लागि जेठ २०, २१, २२ र २३ गतेका लागि तोकेपनि एक दिन बैठकनै नबसि गएको छ ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने तर त्यसअघि आफुहरुका मागको विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने अडान लिएपछि सहमति हुन नसकेको बताइएको छ ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर अनुसन्धान गर्ने, गृहमन्त्रीले राजीनामा दिने र प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने तीन माग अगाडी सारेका छन् ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ