ट्रेन्डिङ

Logout

विश्वनाथ पौडेलको गभर्नर नियुक्तिविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

5.4k Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । 

बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गरेको छ । 

मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए । रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ मा तोकिएको विज्ञताको मापदण्ड पूरा नगरेको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी गरिएको छ । 

पौडेलको सिफारिस, नियुक्ति र शपथ ग्रहणको निर्णय गैरकानुनी भएको जिकिर गर्दै उक्त नियुक्ति बदर गर्न माग गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार