4.8k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दामा उच्च अदालत वीरगन्जले फैसला उल्टाएको छ । बुधबार न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको छ ।
आलममाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको गम्भीर आरोप लागेको थियो । हाल उनलाई केन्द्रीय कारागारमा राखिएको छ, र यो फैसलासँगै उनी थुनामुक्त हुने भएका छन् ।
यसअघि रौतहट जिल्ला अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो ।