5.2k
Shares
नेपाल सरकारले ‘गठन आदेश, २०७५’ मार्फत स्थापना गरेको नीति अनुसन्धान प्रतिष्ठान नेपालको ‘थिङ्क ट्याङ्क’ हो। यसले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास निर्माण, सुरक्षा, परराष्ट्र सम्बन्ध र शासकीय सुधारका विभिन्न पक्षमा सरकारले अपनाएका वा अपनाउनुपर्ने नीतिहरूको अध्ययन, विश्लेषण र अनुसन्धान गरी सुधारका लागि सिफारिस गर्ने जिम्मेवारी लिएको छ।