ट्रेन्डिङ

Logout

एमालेले सांसदहरूलाई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी

5.9k Shares

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। उक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको छ।


एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसदहरूलाई बैठकमा उपस्थित भई सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्। 


विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ वैशाख १९ गते सङ्घीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२–८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई २०८२ वैशाख २८ गतेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिँदैछ। तसर्थ, नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सांसदहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको छ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार