5.8k
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ। बैठक अपराह्न ५ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार, बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफल, सरकारका नियमित कार्यहरूको समीक्षा, समसामयिक विषयहरू र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलगायतका विषयमा छलफल हुनेछ।