ट्रेन्डिङ

Logout

तराई–मधेसका नेतामाथि राज्यको अन्याय: महन्थ ठाकुरको संसदमा आपत्ति

7.1k Shares

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले तराई–मधेसका नेताहरूमाथि राज्यबाट निरन्तर अन्याय भएको भन्दै तीव्र आपत्ति जनाएका छन्। 


सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ठाकुरले थारु–मधेसी जनजातिमाथि राज्यले बारम्बार अन्याय गरेको र उनीहरूको आवाज नसुनिएको गुनासो गरे। “हामीमाथि निरन्तर अन्याय भइरहँदा राज्यले सुनेन, अब सुनाउने ठाउँ बाँकी छैन,” उनले भने। 


ठाकुरले तराई–मधेसका नेताहरूमाथि सार्वजनिक रूपमा भएको दुर्व्यवहारका घटनाहरू अब संसदमार्फत जनतासमक्ष ल्याउने बताए। उनले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई फर्जी पत्रको आधारमा बिनाकारण पक्राउ गरी ५ घण्टासम्म हिरासतमा राखेर अपमान गरिएको उदाहरण प्रस्तुत गरे। 


राज्यले आफूलाई विजेताको रूपमा प्रस्तुत गरेको र न्यायको कुर्सीमा पनि विजेता नै बसेकाले तराई–मधेसी समुदायले न्याय पाउन नसकेको ठाकुरको आरोप छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार