ट्रेन्डिङ

Logout

प्रतिनिधिसभाको बैठक आज: समिति हेरफेर, वार्षिक प्रतिवेदन र विधेयकमाथि छलफल

6.8k Shares

काठमाडौँ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। सभामुख देवराज घिमिरेले बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूमा सांसदहरूको नाम हेरफेरसम्बन्धी जानकारी गराउनेछन्।


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ५३ र सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्नेछन्।


यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।


त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि छलफल र पारित गर्ने प्रस्ताव राख्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

 

teacher-repo.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार