7.1k
Shares
नेकपा (एमाले) नेता रघुजी पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई यो जिम्मेवारी प्रदान गर्नुभएको हो।
वैशाख ८ गते निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि पन्तले मन्त्रीको पदभार सम्हाल्नुभएको छ।
यसैगरी, प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पदबाट हटाउनुभएको छ।
