6.1k
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना नेताहरूलाई सिंहदरबारभित्र प्रदर्शन गरेको आरोपमा आइतबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही छन् । उनीहरूलाई काठमाडौँ जिल्ला प्रहरी परिसरमा लगिएको छ ।
प्रदर्शनका क्रममा उनीहरूले वर्तमान शासन व्यवस्थाविरुद्ध विभिन्न नारासहितका पम्प्लेट प्रदर्शन गरेका थिए । पक्राउको समयमा लिङ्देनले लोकतन्त्रमा बोल्ने र प्रदर्शन गर्ने अधिकारमाथि सरकारले अंकुश लगाएको भन्दै कडा आपत्ति व्यक्त गरे ।