ट्रेन्डिङ

Logout

श्रम र रोजगार प्रवर्द्धनका लागि साझेदारी अपरिहार्य : मन्त्री भण्डारी

8.2k Shares

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम र रोजगार प्रवर्द्धनका लागि साझेदारीको आवश्यकता रहेको बताएका छन्। शुक्रबार स्विस कन्ट्याक्टको स्टेप अप परियोजनाको समापन समारोहमा बोल्दै मन्त्री भण्डारीले सरकारले आन्तरिक रोजगार प्रवर्द्धनका लागि दशक लामो रणनीतिक योजना तयार गरेको र यसलाई सङ्गठित तथा समन्वयात्मक रूपमा कार्यान्वयन गर्ने बताए।


उनले नेपाल र नेपालीको समृद्धि नेपालीकै हातमा रहेको उल्लेख गर्दै नयाँ, प्रभावकारी र इमानदार प्रयास आवश्यक रहेको बताए। “रोजगार र आर्थिक विकास एकअर्काका परिपूरक हुन्,” उनले भने। आगामी दशकमा श्रमिकको माग सिर्जना, दक्ष जनशक्ति आपूर्ति र श्रम बजार प्रवर्द्धनमार्फत आर्थिक विकास गर्ने मन्त्रालयको योजना रहेको उनले खुलासा गरे।


मन्त्री भण्डारीले स्थानीय तहको नेतृत्वमा एकीकृत रूपमा श्रम र रोजगार सेवा प्रदान गर्न तीनै तहका सरकारको साझा नीति र रणनीति तयारीको अन्तिम चरणमा रहेको जानकारी दिए। संविधानमा उल्लेखित समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार स्विस कन्ट्याक्टको प्राविधिक सहयोगमा निर्मित कोशी प्रदेशको ‘श्रम संसार’ डिजिटल पोर्टललाई आगामी अन्तर्राष्ट्रिय श्रम दिवसदेखि सबै स्थानीय तहमा विस्तार गरिने उनले बताए।


अन्तर–तह र अन्तर–निकाय समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले श्रम र रोजगारका क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने योजनाहरूमा सबैको सहभागिता आवश्यक रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार