ट्रेन्डिङ

Logout

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट

5.4k Shares
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछानेकी पत्नी निकिता पौडेलले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी हुन्।
 
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको धरौटीमा छाड्ने निर्णयलाई उल्ट्याउँदै उनलाई थुनामा राख्ने फैसला सुनाएको थियो।
 
यसअघि, जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार