नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउने मुर्खता गर्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने जिकिर गरे । ‘फेरि अर्को मुर्खता नगरियोस् । नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने । अहिले सुरु भएको डिबेटले जनतालाई अझै चेतनशील बनाउने अवसर हुनसक्ने प्रचण्डले बताए । ‘अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर हुनसक्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘राजतन्त्र पुनस्थापना त असम्भव छ, तर यसले बहस अघि बढाउन सहज बनाउँछ भन्ने मेरो बुझाई छ ।
राजतन्त्र फर्काउने नाटक नगर्नू: प्रचण्डको राजावादीलाई चेतावनी
8k
Shares
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता भएन
२.
रोनाल्डोको २३ वर्षे अन्तर्राष्ट्रिय यात्रा समाप्त, पोर्चुगलको जर्सीलाई भने बिदाइ!
३.
मृत्युदण्डको फैसला हुँदाहुँदै शेख हसिनाको घोषणा : ‘डिसेम्बरमा बङ्गलादेश फर्किन्छु’
४.
बागमतीमा १४२ अधिकृतको सरुवा, ७९ जना एउटै मन्त्रालयमा
५.
सर्वोच्च पुगे पदमुक्त आईजीपी कार्की
६.





