ट्रेन्डिङ

Logout

भेनेजुएलाका विपक्षी उम्मेदवारलाई पक्राउ पुर्जी जारी गरेकोमा इयुद्वारा निन्दा

7.3k Shares

युरोपेली सङ्घ (इयु) ले मङ्गलबार विपक्षी राष्ट्रपतिका उम्मेदवार एडमन्डो गोन्जालेज उरुटियालाई भेनेजुएलाको अदालतले जारी गरेको पक्राउ पुर्जीलाई खारेज गरेको छ । गोन्जालेज उरुटियाले जुलाईमा भएको निर्वाचनमा सही रूपमा जितेको दाबी गर्नुभएको छ ।

“म पक्राउ पुर्जीलाई स्पष्ट रूपमा अस्वीकार गर्दछु”, इयुको विदेश मामिला प्रमुख जोसेप बोरेलले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “विपक्षी र नागरिक समाजको दमन र उत्पीडन धेरै भएको छ, भेनेजुएलाका जनताको इच्छालाई सम्मान गर्नुपर्छ ।”

अधिकांश सदस्य वर्तमान राष्ट्रपति निकोलस मदुरोप्रति मित्रवत रहेको भेनेजुएलाको राष्ट्रिय निर्वाचन परिषद्ले जुलाईको मतदानपछि विपक्षी र अधिकांश अन्तर्राष्ट्रिय समुदायले विवादास्पद परिणाम भने पनि मदुरोलाई तेस्रो छ वर्षको कार्यकालका लािग पुनः निर्वाचित भएको घोषणा गरेको थियो ।

संयुक्त राज्य अमेरिका, इयु र धेरै ल्याटिन अमेरिकी देशले विस्तृत मतदान नतिजा नदेखी आएको परिणामलाई मान्यता दिन अस्वीकार गरेका छन् ।

अन्तिम समयमा मतपत्रमा विपक्षी नेता मारिया कोरिना मचाडोको स्थान लिनुभएका सेवानिवृत्त कूटनीतिज्ञ गोन्जालेज उरुटिया निर्वाचन लगत्तै लुकेर बस्नुभएको छ ।

अदालतले ‘गम्भीर अपराध’ का लागि गोन्जालेज उरुटियालाई वारेन्टका लागि गरेको अनुरोधलाई स्वीकार गरेको भेनेजुएलाको अभियोजक कार्यालयले मङ्गलबार बताएको छ ।

गोन्जालेज उरुटियाका कथित अपराधहरू मदुरो र उहाँका सहयोगीहरूले जुलाई २८ मा राष्ट्रपति निर्वाचनमा मत चोरेको विपक्षी आग्रहबाट उत्पन्न भएको अभियोजकहरूले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार