Live ताजा अपडेट

Logout

एमालेको पोलिटब्यूरो बैठक शुरु

एमालेको पोलिटब्यूरो बैठक शुरु

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक शुरु भएको हो ।  

बैठकमा पार्टीको वार्षिक कार्ययोजना, समसामयिक राजनीतिक परिस्थिति, सरकारको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।

भोलीसम्म चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कार्ययोजनाबारे विस्तृत छलफल हुने जनाइएको छ । 

साथै बैठकले कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र सङ्गठन विस्तार अभियान समेटिएका छन् ।

एमालेले यसअघि केन्द्रीय कमिटी बैठकबाट २०८१ भरि सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरिसकेको छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ