Logout

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, पक्षमा १८८ सांसद

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, पक्षमा १८८ सांसद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन् ।

गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिएका हुन् ।

आजको विश्वासको मतको प्रक्रियामा कुल २६३ सांसद उपस्थित रहेकोमा पक्षमा १८८ मत परेको छ । त्यस्तै विपक्षमा ७४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

योसँगै प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जितेका छन् ।  उनलाई नेपाली काँग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत दुई स्वतन्त्र सांसदले मत दिएका थिए । त्यस्तै उनको प्रस्तावको विपक्षमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा रहेका थिए ।
 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ