Logout

मधेश सरकार स्थिर बनाउन जसपाको आवश्यकता : अध्यक्ष यादव

मधेश सरकार स्थिर बनाउन जसपाको आवश्यकता : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश सरकारलाई स्थिर बनाउन जसपा नेतृत्व सरकारको आवश्यकता रहेको बताउनुभयो ।

बिहीबार जनकपुरधाम विमानस्थालमा जसपाका अध्यक्ष यादवले विगतमा जसपाले पूर्णता दिएर स्थिर सरकार चलाएका कारण अहिले पनि मधेश प्रदेश सरकारलाई स्थिर राख्न जसपा नेपालको नै अवश्यकता रहेको जिकिर गर्नुभयो ।

उहाँले केन्द्रीय राजनीतिको अभ्यास गलत भइरहेका कारण प्रदेशमा पनि केन्द्रकै असर परेको बताउनुभयो । केन्द्रकै गलत अभ्यासका कारण प्रदेशमा राजनीतिक अस्थिरता बढेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “केन्द्र सरकार अस्थिर हुनुको अर्थ प्रदेश सरकार अस्थिर हुन हो, त्यसकारण केन्द्रको अस्थिरताको असर तलसम्म परेको हो, त्यसमा पनि मधेशमा अझैं बढी परेको छ ।”

देश अहिले अनिश्चितता र अन्यौलतामा चलेको छ, त्यसमा पनि मधेशमा त्यो प्रवृति अझै बढी छ, त्यसकारण राजनीतिक हैसियत र अन्यौलता नेपालका लागि नयाँ विषय रहेको बताउनुहुँदै अध्यक्ष यादवले केन्द्रको असर प्रदेशमा पर्नु स्वभाविक रहेको बताउनुभयो ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ