Live ताजा अपडेट

Logout

रास्वपा नयाँ सरकार गठनमा सहभागी नहुने

रास्वपा नयाँ सरकार गठनमा सहभागी नहुने

काठमाडौँ, असार १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।रास्वपाको मङ्गलबार बिहान बसेको सचिवालय बैठकले सो निर्णय गरेको नेता सन्तोष परियारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अब बन्ने गठबन्धनमा हामी रहँदैनौं । हामी सरकारमा जाँदैनौं । अर्को सरकार बन्ने प्रक्रिया अगाडि बढेपछि हामी सरकारबाट बाहिरिन्छौं ।” उहाँले अहिले विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म सरकारमा छौं । एउटा राजनीतिक संस्कारका हिसाबमा हाम्रो संवाद भइरहेको छ ।” उहाँले पुराना राजनीतिक दलहरु २०४७ को संविधानको अभ्यासबाट पर जान नसकेको आरोप लगाउनुभयो ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ