ट्रेन्डिङ

Logout

सरकारसंगको सम्झौता कार्यान्वयन भएन  : लोसपा अध्यक्ष ठाकुर

8.1k Shares

मलङ्गवा, १३ जेठ ः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन मधेस आन्दोलनका क्रममा  सरकारसँग भएका विभिन्न सम्झौतालाई पालना नभएको गुनासो गर्नुभएको छ ।उहाँले भन्नुभयो, “ जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।”  

लोसपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीद्वारा सदरमुकाम मलङ्गवामा आज आयोजित सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुर संविधान र कानुनलाई आफ्नो पार्टीले परिपालन गरिराखेको बताउनुभयो ।   “हामी चुनाव लड्छौँ, चुनाव लड्नु भनेको त युद्ध सरह  हो”,  उहाँले भन्नुभयो, “ हामी शान्तिपूर्ण रुपमा अहिंसात्मक आन्दोलन गरिरहेका छौँ ।”   उहाँको मधेस आन्दोलनको क्रममा नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दाको फिर्ता गर्न र जेलमा रहेको तथा मुद्दा लगाइएपछि फरार रहेकामाथिको मुद्दा फिर्ता गर्न सरकारसँग माग गर्नुभयो ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार