Logout

राष्ट्रपतिसँग शिष्टाचार भेट

राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ, ८ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ । 

त्यस अवसरमा राष्ट्रपति पौडेलले समृद्धि, दिगो विकास र क्षेत्रीय स्थायित्वको साझा आकाङ्क्षाका रुपमा बिम्स्टेक रहेको बताउनुभयो । उहाँले बिम्स्टेक क्षेत्रमा हिमाली भेगदेखि समुद्री तटसम्मका मुुलुक रहेका बताउँदै आपसी सहयोगका साथै अन्य सहकार्यका विषयसँगै जलवायु परिवर्तनका असर कम गर्न साझेदारी आवश्यक भएको बताउनुभयो । 

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असर कम गर्न हिमाललगायत पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ