Logout

एमाले बाँकेको अध्यक्षमा गुरुङ

एमाले बाँकेको अध्यक्षमा गुरुङ

नेपालगञ्ज, ७ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी हुनुभएको छ । नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणामअनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाउनुभयो । 

शुक्रबारदेखि चलेको नवौँ अधिवेशनमा सर्वसम्मत चयनको प्रयास गरे पनि सहमति नहुँदा निर्वाचन भएको थियो । कार्यसमितिको उपाध्यक्षमा रत्न खत्री विजयी हुनुभयो । उहाँले तीन सय १३ मत प्राप्त गर्नुभयो । उहाँ लुम्बिनी प्रदेश सरकारको सामाजिक विकासमन्त्रीसमेत हुनुहुन्छ । 

सचिवमा बलराम भट्टराईले एक सय ३९ मत प्राप्त गरी विजयी हुनुभयो भने उपसचिवमा महिलातर्फ निर्मला सुनार र खुलातर्फ किशोर थापा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सुनिता शर्माले जानकारी दिनुभयो । कूल चार सय ६६ मतदाता रहेकोमा चार सय ५८ मत खसेको थियो ।
---

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ