Logout

मधेश प्रदेशमा सरकार बनाउन विपक्षी दलको छलफल

मधेश प्रदेशमा सरकार बनाउन विपक्षी दलको छलफल

गोदार (धनुषा), ४ जेठः मधेश प्रदेशमा सरकारबाहिर रहेका दलहरूले जनता समाजवादी पार्टी (जसपा) नेपालबाहेकको सरकार बनाउन छलफलाई तीव्र बनाएका छन् ।
 
नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले वैकल्पिक सरकार गठनका लागि छलफल जारी रहेको बताउनुभयो । उहाँले आलोपालो नेतृत्व लिने गरी नेकपा (एमाले), जनमत पार्टी, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितको वैकल्पिक सरकार बनाउन करिबकरिब सहमति बनेको पनि बताउनुभयो । “पहिले जनमत, त्यसपछि माओवादी केन्द्र र अन्तिम वर्ष एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने गरी छलफल अगाडि बढेको छ । सहमतिलाई थप परिपक्व बनाएर चाँडै सरकार बनाउन दाबी पेश गर्छौ”, दलका नेता साहले भन्नुभयो । 

प्रदेशसभामा एमालेबाट २५, जनमत १३, माओवादी केन्द्र नौँ, लोसपा आठ र एकीकृत समाजवादीबाट सातजना प्रदेशसभा सदस्य छन् । 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ