Logout

कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत

कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत

काठमाडौँ, ४ जेठः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याएको छ । कांग्रेस संसदीय दलको आज विहान बसेको बैठकले सहकारीका बचतकर्ताको रकम सुरक्षाको ग्यारेण्टी गर्न, बचत हिनामिना भई पीडित बचतकर्ताको रकम फिर्ता गर्न र हिनामिनामा संलग्नमाथि छानबिन गरी कारवाही गर्ने सुनश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्‍याएको हो । 

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कांग्रेससहित सङ्घीय संसद्का अन्य दलले पनि समिति गठनको माग उठाएकाले समिति गठनको माग यथावत राखेको हो । बैठकले संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको उल्लेख गर्दै संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

“प्रतिनिधिसभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौँ । संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिन्छ”, उहाँले भन्नुभयो, “सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित होइन ।”

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ