ट्रेन्डिङ

Logout

आलेमगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी

7.2k Shares

बागमती, ३ जेठ : बागमती प्रदेश सरकारले बिनाविभागीय मन्त्री रमा आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मन्त्री आलेमगरलाई दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट बागमती सरकारमा मन्त्री हुुनुभएका आलेमगर हालसम्म बिनाविभागीय मन्त्री हुनुहुन्थ्यो । 

यस्तै बैठकले विश्वविद्यालय संरक्षक समितिको सदस्यमा प्रा डा चन्द्रमणि पौडेल र कृष्ण कटुवाललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताउनुभयो । त्यस्तै प्रदेश सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि सुझाव कार्यदल गठन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
 
बागमती प्रदेश सरकारले गत वैशाख २४ गतेदेखि तामाङ र नेवारी भाषा सरकारी काकाजको भाषा कार्यान्वयन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार