Logout

राष्ट्रपति पौडेल तनहुँमा

राष्ट्रपति पौडेल तनहुँमा

दमौली (तनहुँ), २३ चैतः राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुग्नुभएको छ । तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको १६औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि राष्ट्रपति यहाँ आइपुग्नुभएको हो । 

कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै नगरवासीलाई कार्यक्रममा आमन्त्रण गरिएको छ । कार्यक्रम उद्घाटन अगार्डि  भिमाद बजारमा विभिन्न सङ्घसंस्था, आमा समूह, युवा क्लव लगायतको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ । 

विसं २०७३ सालमा शिलान्यास भई विसं २०७९ सालमा क्याम्पसको भवन निर्माण सम्पन्न भएको थियो । क्याम्पसमा भिमाद, घिरिङ, ऋषिङ लगायत आसपासका विद्यार्थी अध्ययनरत छन् । अधिवेशनले क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ