गण्डकी प्रमुख भट्ट र बागमती प्रदेश प्रमुख शर्माबीच भेटवार्ता
9.2k
Shares
गण्डकी, २२ चैत : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माबीच आज भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुखको निवास, पोखरामा गण्डकी प्रमुख भट्टले बागमती प्रमुख शर्मालाई स्वागत गर्नुभयो ।
यस्तै, हालै प्रदेश प्रमुख नियुक्त हुनुभएकामा बागमती प्रमुख शर्माले गण्डकी प्रमुख भट्टलाई बधाई ज्ञापन गर्नुभयो । प्रमुखद्वयले आ–आफ्ना प्रदेशको परिचय आदानप्रदानका साथै दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले काम र अनुभवहरू पनि साटासाट गर्नुभयो ।
उक्त भेटमा दुवै जनाले आपसी कार्यानुभव आदानप्रदान गर्नुका साथै आगामी दिनमा दुई प्रदेशबीच थपसम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । प्रदेशका सीमान्तकृत समुदायको उत्थानका लागि गर्न सकिने भूमिकालगायत विषयमा कुराकानी भएको गण्डकी प्रदेश प्रमुख भट्टका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
आईजीपी प्रकरण: सरकारमाथि कांग्रेसको धावा, बालुवाटारमा रमिता !
२.
सरकारको निर्णयविरुद्ध फायर खोल्दै कार्की, कानुनी घेराबन्दीमा बालेन सरकार
३.
एकैपटक ७९ इन्जिनियरको सरुवा, कुन आयोजना कसको जिम्मामा?
४.
पार्टीको आदेशमा आईजीपी हटाएको मन्त्रीको दाबी, रास्वपा भन्छ– झुट !
५.
एनआइसी एसियाले निकाल्दै साढे ७ अर्बको हकप्रद सेयर
६.



