ट्रेन्डिङ

Logout

जसपाद्वारा समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस

7.5k Shares

काठमाडौँ, २२ चैतः जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि सो स्थानमा खानको नाम सिफारिस गरेको हो । पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २७ वर्षीया खानलाई सिफारिस गर्ने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार आजको बैठकले लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत नदिने पनि निर्णय गरेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार