Logout

उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्ड बैठक बस्दै

उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्ड बैठक बस्दै

काठमाडौँ, २० चैतः आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१) मा हुने  उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुँदैछ । 

निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवार निर्धारण गर्न बैठक आह्वान गरिएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले राससलाई जानकारी दिनुभयो ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बैठक हुनेछ । प्रारम्भमा संसदीय बोर्डको बैठक हुने तथा त्यसले उम्मेदवारको टुङ्गो लगाएपछि  त्यसलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक हुने प्रवक्ता विश्वकर्माले बताउनुभयो ।

उपनिर्वाचनमा  उठाइने उम्मेदवारका बारेमा सोमबार साँझ कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्षनेताहरूबीच छलफल भएको थियो । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिसक्नुपर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ